बूढीगण्डकी बनाउन विश्वप्रकाश शर्माको ‘जीडीपीपी’ मोडल


काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि जीडीपीपी मोडल प्रस्ताव गरेका छन् । गभरमेन्ट (सरकार), डायस्पोरा (विदेशमा बस्ने नेपाली) र प्राइभेट सेक्टर (निजी क्षेत्र)को पार्टनरसीप (सहकार्य)ले आयोजना बन्न सक्ने उनले बताएका हुन् ।
विनियोजन विधेयकअन्तर्गत आइतवार प्रतिनिधि सभामा ऊर्जा मन्त्रालय अन्तर्गतको बजेट माथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले विदेशमा बस्ने डायस्पोरा सहितको लगानी मोडल बनाउन उपयुक्त बताएका हुन् ।
विदेशबाट रेमिट्यान्स स्वरूप आउने सय अर्ब रकममध्ये १० प्रतिशत लगानी गर्नसके उत्पादक क्षेत्रमा लगानी बढ्ने उनले बताए । यसका लागि भरपर्दो बैंकिङ प्रणाली स्थापना गरेर विदेशमा रहेका गैरआवासीय नेपालीलाई एक हजार डलरदेखि २५ हजारसम्म लगानी गर्न दिन सकिने उनले बताए । विदेशमा रहेका नेपालीको समेत सहभागितामा बूढीगण्डकी बनाउँदा आयोजना साच्चिकै राष्ट्रिय गौरवको बन्ने र राष्ट्रिय मनोबल बढ्ने उनले बताए ।
धादिङ र गोर्खामा बन्ने १२ सय मेगावाट क्षमताको बहुप्रतिक्षीय जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने सरकारले निर्णय गरिसकेको छ । सरकारले यो आयोजनाको लागि अबौं रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन