बिआरआई नेपालका लागि अवसर : नेत्री कोइराला


काठमाडौँ : कांग्रेस नेत्री सुजता कोइरालाले नेपालका लािग बिआरआई अभूतपूर्व अवसर भएको बताएकिछन् । ‘बिआरआई श्वेतपत्र’ लोकार्पण कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री समेत रहेकि कोइरालाले उक्त परियोजनाले भौतिक पूर्वाधार तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
नेपालजस्तो भूपरिवेष्टित राष्ट्रका लागि अन्तर्राष्ट्रिय व्यापार नाकामा पहुँच आवश्यक रहेको औँल्याउँदै उनले बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्ने बताईन् ।
“बिआरआई परियोजनाको मुख्य लक्ष्य विकास र पारस्परिक लाभ हो, यसले दीगोपनाका साथ भविश्यका लागि आशाको सन्देश दिएको छ, तर नेपालमा यसको कार्यान्वयनबाट अपेक्षित लाभ प्राप्त हुन सकेको छैन, यसको मुख्य कारण बिआरआईप्रतिको गलत बुझाइ हो”, पूर्वपरराष्ट्रमन्त्री कोइरालाले भनिन् ।
बिआरआई सहकार्यबाट एक दशकमा प्राप्त उपलब्धिलाई दस्तावेजीकरण गर्न चिनियाँ सरकारले प्रकाशन गरेको श्वेतपत्रलाई फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले अनुवाद गरेर सार्वजनिक गरेको हो । श्वेतपत्रले अन्तर्राष्ट्रिय समुदायलाई बिआरआईको मूल्यका बारेमा राम्रो सामझदारी कायम गर्न, उच्चस्तरको सहकार्यमा सहजीकरण गर्न र धेरै मुलुक र जनतामा लाभ प्रदान गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिएको छ ।
पुस्तकमा विश्व जगत्सँग सम्बन्धित चिनियाँ प्रस्ताव, इतिहासको विरात, वास्तविकताको प्रत्युत्तर, भविश्यमुखी, साझा विकास र समृद्धिका सिद्धान्त, अवधारणा, उद्देश्य र दूरदृष्टि, बहुक्षेत्रगत र बहुआयामिक सम्पर्क सञ्जाल प्रवद्र्धन, परियोजनामा आबद्ध मुलकुलाई लाभ, आर्थिक भूमण्डलीकरण, विश्वव्यापी शासन सुधार, मानव सभ्यताको हित प्रवद्र्धनका साथै बिआरआई सहकार्यको आवश्यकतालगायत विषय समेटिएको छ ।
चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अवधारणाको हालसम्मको उपलब्धि समेटिएको श्वेतपत्रको नेपाली अनुवाद ‘बिआरआई श्वेतपत्र’ लोकार्पण गरिएको छ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री कोइरालालगायतले लोकार्पण गरिन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्