तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पुल निर्माण हुँदै


तनहुँ: तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ फेदीखोलामा स्टिल ट्रस पुल निर्माण हुने भएको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा स्थानीयवासीको सहजताका लागि ५५ मिटर लम्बाइको पुल बनाउन लागिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
पुल निर्माणका लागि आयोजनाले साउन ३० गते बोलपत्र आह्वान गरेको हो । बोलपत्र दर्ता गर्ने अन्तिम मिति असोज १२ गतेसम्म तोकिएको छ । पुल नहुँदा खोला वारपार गर्न स्थानीयलाई लामो समयदेखि असुविधा हुँदै आएको र यसैलाई मध्यनजर गरी निर्माणको पहल गरिएको भण्डारीले बताए ।
त्यसैगरी, आयोजनाले भिमाद नगरपालिकाको वान्टाङ खोलामा पनि पक्की पुल निर्माण गर्ने तयारी गरेको छ । एशियाली विकास बैंक (एडीबी)को सहयोगमा बन्ने उक्त पुलले भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडामा आवतजावत सहज हुने अपेक्षा गरिएको छ । हाल पुल नहुँदा वर्षायाममा हजारौँ सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । खोला बढ्दा आवतजावत लगभग ठप्प हुने गरेको स्थानीयले बताएका छन् ।
यसबाहेक, आयोजनाका कारण डुबानमा पर्ने सेती नदीमा रहेका चार वटा झोलुङ्गे पुललाई पुनःस्थापना गर्न लठ्ठा खरिदका लागि पनि बोलपत्र आह्वान भइसकेको र चाँडै सम्झौता प्रक्रिया पूरा हुने चरणमा रहेको भण्डारीले जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन