हकप्रद सेयरको प्रस्तावसहित बुद्धभूमि हाइड्रोले बोलायो विशेष साधारण सभा


काठमाडौं – बुद्धभूमि हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारितका लागि विशेष साधारण सभा आव्हान गरेको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ ३० गते विहान १० बजे कम्पनीको कार्यालय, पानीपोखरी, काठमाडौंमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव यस अघि गरेकोमा विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि मात्र स्वीकृति दिएको हो ।
नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनका लागि आवेदन दिँदा विद्युत नियमन आयोगको पूर्वस्वीकृति अनिवार्य रहेको अवस्थामा कम्पनीलाई आयोगले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
हाल यस कम्पनीको चुक्तापँजी ४० करोड रूपैयाँ छ । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ कायम हुनेछ । कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ हजार ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल अनुमानित लागत १ अर्ब १९ करोड रूपैयाँ रहेको छ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा जेठ २२ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन