बुद्धभूमि हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको स्वीकृति


काठमाडौं– बुद्धभूमि हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको स्वीकृति, शतप्रतिशत जारी गर्ने भएको छ । कम्पनीले प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति पाएको हो।
कम्पनीले गत वैशाख २० मा विद्युत नियम आयोग समक्ष हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि कागजात पेस गरेको थियो।
हकप्रद सेयरको निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले सोमबार सहमति प्रदान गरेको हो। कम्पनीले चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति मागेकोमा आयोगले १स्१ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले अनुमति दिएको छ।
बुद्धभूमि हाइड्रोपावर कम्पनी ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत आयोजनाको प्रवर्धक हो। कम्पनीको हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन