सन् २०३० सम्म सबै नागरिकले स्वच्छ खानेपानी पाउँछन् : मन्त्री राई


धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सन् २०३० सम्म नेपाली नागरिकलाई स्वच्छ पानी खुवाउने सरकारको लक्ष्य समयमा पूरा हुने बताएका छन् । प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेपालको खानेपानी समस्या समाधानका लागि ‘एक घर, एक धारा’ कार्यक्रम र स्वच्छ खानेपानी कार्यक्रमलाई देशभरि तीव्रता दिइएको जानकारी दिए ।
तराई क्षेत्रको खानेपानी व्यवस्थापनका लागि चुरे क्षेत्रको जलाधार संरक्षणमा आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए । काठमाडौँवासीका लागि मेलम्चीको पानी सहज आपूर्ति गर्न मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीयलाई राहतको व्यवस्था गरिएको र बाढीले बगाएको खानेपानी इन्टेक निर्माण गर्न लागिएको मन्त्री राईले जानकारी दिए । खानेपानी नागरिकको मौलिक अधिकार भएकाले आम नेपालीहरूले निःशुल्क खानेपानी खाने व्यवस्था गर्न आवश्यक कानुन निर्माणका लागि विधेयक बनिरहेको पनि उनले जानकारी दिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन