सीईडीबी हाइड्रोपावरले ११ प्रतिशत बोनश सेयर दिने


काठमाडौं – सीईडीबी हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि बोनस सेयर प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । साथै बोनस सेयरका लागि कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।
सो प्रस्ताव पारित गर्नका लागि वैशाख ३१ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकहरुको निर्वाचन पनि गर्न भएको छ ।
साधारणसभाका लागि वैशाख १९ गते सेयरधनी दर्ता पुस्तिका बन्द रहने कम्पनीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । वैशाख १८ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन