ऊर्जा सचिवमा चिरञ्जीवी चटौत


काठमाडौं : सरकारले लोक सेवा आयोगको सिफारिसमा सचिव बढुवा भएका सहसचिव चिरञ्जीवी चटौतलाई ऊर्जा मन्त्रालयमा पदस्थापना गरेको छ ।
प्राविधिक सहसचिवमध्ये ज्येष्ठतम (सिनियर मोस्ट) रहेका चटौतलाई लोकसेवा आयोगको बढुवा समितिले सचिव पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिस कार्यान्वयन गर्दै सचिव बढुवा गरेको हो । ऊर्जा मन्त्रालयमै सहसचिव रहेका चटौतलाई ऊर्जा सचिवको जिम्मेवारी दिइएको छ ।
सचिव चटौतले आफ्नो बढुवा र पदस्थापनासम्बन्धी पत्र बुझ्न लागेको जलसरोकारलाई बताए । सहकर्मीबीच भलाद्मी र मृदुभाषी चटौत हालसम्म कुनै विवादमा परेका छैनन् ।
गत भदौ १४ गते ऊर्जा सचिव सुरेश आचार्यले अनिवार्य अवकाश पाएपछि ऊर्जा मन्त्रालय सचिवविहीन रहँदै आएको थियो । सिंचाई सचिव सरिता दवाडीले नै ऊर्जा मन्त्रालयको सचिवको रुपमा पनि काम गर्दै आएकी थिइन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन