कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चुम उपत्यका तीन दिनदेखि अन्धकारमा

जलसरोकार
मंगलबार, भदौ २४, २०८२ | ०९:३५:५४ बजे

 

मनाङ : जिल्लाको चुम उपत्यका तीन दिनदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन बनेको छ ।

चुमनुब्री गाउँपालिका–७ का छेकम, पारो, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी र छुलेगाउँका करिब तीन सय परिवारका आठ सयभन्दा बढी नागरिक आइतबारदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् ।

स्थानीय दोर्जे लामाका अनुसार आइतबार बिहानदेखि गाउँमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा पूर्णरूपमा बन्द छ । “कादुरी संस्थाले बनाएको लघुजलविद्युत् आयोजनाको पावरहाउस बिग्रिएपछि आइतबार बिहानदेखि उत्पादन बन्द भएको हो,” लामाले बताउनुभयो, “वडा नं ७ का लार, पाङ्दुन र निलेबाहेक सबै बस्तीमा बत्ती छैन ।”

सोही पावरहाउसबाट सञ्चालित विद्युत्लाई आधार मानेर मोबाइल टावर चलाइँदै आएकोमा बत्ती बन्द भएपछि टेलिफोन र इन्टरनेट सेवा पनि ठप्प भएको जनाइएको छ ।

विद्युत्का प्राविधिकका अनुसार मेसिनमा खराबी आएर समस्या भएको हो । विद्युत् नहुँदा गाउँका कुटानीपिसानी मिल, काष्ठ मिल र घरायसी विद्युतीय उपकरणसमेत सञ्चालन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, भदौ २४, २०८२ | ०९:३५:५४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया