तराई–मधेसको खानेपानी समस्या समाधानका लागि समिति गठन


काठमाडौँ: तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्यालाई समाधान गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागले दुई छुट्टाछुट्टै समिति गठन गरी स्थलगत अनुगमन सुरु गरेको छ ।
विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका निर्देशक नारायणप्रसाद आचार्य र विभागका उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठको संयोजकत्वमा दुई समिति गठन गरिएको हो । “समस्या समाधानका लागि समिति गठन गरी आजै अनुगमनमा पठाएका छौं,” महानिर्देशक श्रेष्ठले भने,“दश दिनभित्र समितिले प्रतिवेदन बुझाउनेछ ।”
आचार्यको संयोजकत्वमा गठित समितिमा सिनियर डिभिजन इञ्जिनियर मिहिरचन्द्र आचार्य, जनकपुर खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका इञ्जिनियर किरण विष्ट र केन्द्रीय आयोजना इकाईका ई. सुधिरकुमार साह सदस्य तथा सदस्यसचिव छन् ।
त्यस्तै, उपमहानिर्देशक श्रेष्ठको संयोजकत्वमा रहेको अर्काे समितिमा वीरगञ्ज कार्यालयका प्रमुख विपुलकुमार लाल दास, इञ्जिनियर प्रदीपकुमार साह सदस्य तथा सिनियर डिभिजन इञ्जिनियर चन्द्रकुमार श्रेष्ठ सदस्यसचिव रहेका छन् ।
दुबै समितिलाई सम्बन्धित जिल्लामा स्थलगत अध्ययन, अनुगमन र विश्लेषण गरी समस्या समाधानका लागि आवश्यक सुझावसहितको प्रतिवेदन विभागमा बुझाउन निर्देशन दिइएको विभागले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन