सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ५६ करोडको सेयर किनबेच


काठमाडौं– साताको सुरुवाती कारोबारमा २१ अंकले बढेको बजार सोमबारको कारोबारमा भने सामान्य गिरावट देखिएको छ । साताको दोस्रो कारोबारका दिन ४.६२ अंकले घटेको हो ।
आइतबारको कारोबारमा २१.२७ अंकले बढेको भोलिपल्ट सेयर बजार परिसूचक नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा झरेको छ ।
बजारसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
आज ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर ५९ हजार ९७४ पटकमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबारमा ६ अर्ब बढीको सेयर खरिद बिक्री भएको थियो । सोमबारको कारोबारमा ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ।
आज बैंकिङ समूह २, विकास बैंक १५, होटल तथा पर्यटन ५३, हाइड्रोपावर १०, जीवन बीमा ६५, उत्पादन १०, निर्जीवन बीमा ३६, अन्य ८ र व्यापार समूह २४ अंक घटे । माइक्रोफाइनान्स ४२ र फाइनान्स समूह सूचक ६ प्रतिशत बढे ।
समाज लघुवित्त वित्तीय संस्थाको मूल्य ९.६, सिन्धु विकास बैंकको ५.१, दोर्दीखोला जलविद्युतको ५, फरवार्ड माइक्रोफाइनान्सको ४.२ प्रतिशत मूल्य बढ्यो ।
सर्वाधिक कारोबारतर्फ एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका लगानीकर्ताले २८ करोड ७० लाख, जानकी फाइनान्सको १५ करोडको कारोबार भए पनि अन्यको ९ करोड ६३ लाखसम्म अधिकतम कारोबार भएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन