ऊर्जा उत्पादकलाई बक्यौता रोयल्टी भुक्तानी गर्न विभागको पत्र


काठमाडौं: विद्युत् विकास विभागले रोयल्टी उठाउन छुटेका ऊर्जा उत्पादकलाई पत्र लेख्दै बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ । विभागले गत आर्थिक वर्ष २०७६÷७७ को बक्यौता रोयल्टी भुक्तानी गर्न नसकेका ऊर्जा उत्पादकलाई पत्र पठाएको हो ।
विभागका अनुसार १ सय २५ वटा कम्पनीले २४ करोड ५० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । आर्थिक वर्ष २०७६/७७ सम्ममा २४ करोड ४३ लाख रुपैयाँ रोयल्टी भुक्तानी हुन बाँकी छ । विभागले एक सूचना जारी गरी प्रवद्र्धकहरुलाई बक्यौता रकम फछ्र्यौट गर्न र रोयल्टी संकलन प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।
विभागले ऊर्जा उत्पादकहरूबाट क्षमता रोयल्टी र ऊर्जा रोयल्टी सङ्कलन गर्दछ । विभागले उत्पादकबाट मासिक रुपमा ऊर्जा रोयल्टी र वार्षिक रुपमा क्षमता रोयल्टी संकलन गर्दै आएको छ ।
जलविद्युत् आयोजनाका लागि विभागले उत्पादन भएको पहिलो १५ वर्षसम्म पूर्ण क्षमता (कुल क्षमता) को २ प्रतिशत र १५ वर्षभन्दा माथिको अवधिका लागि १० प्रतिशतका दरले रोयल्टी संकलन गर्छ ।
-2-lg-1745820707.jpg)
-3-lg-1745820707.jpg)
-4-lg-1745820708.jpg)
-5-lg-1745820708.jpg)
-6-lg-1745820707.jpg)
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्