विद्युत बिक्री आम्दानी बढ्दा पनि घट्यो अपि पावरको नाफा


काठमाडौं– अपि पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०.९३ प्रतिशत घटेको हो। यस अवधिमा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँमा खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ५ करोड तीन लाख रुपैयाँमा रुपैयाँ आर्जन गरेको थियो।
चैत मसान्तसम्ममा कम्पनीको विद्युत विक्री आम्दानी ९५ करोड १८ लाख रुपैयाँ रहेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ५८ करोड २३ लाख रुपैयाँले बढेको हो। गत वर्ष कम्पनीले ३६ करोड ९५ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो। विद्युत बिक्रीबाट हुने आम्दानी बढेका पनि खर्च बढेका कारण कम्पनीको खुद नाफामा दबाव पुगेको देखिन्छ।
यस अवधिमा कम्पनीको कूल खर्च ७८ करोड ६६ लाख रुपैयाँ रहेको छ। जसमा प्रशासनिक खर्च तीन करोड ७ लाख रुपैयाँ, वित्तीय खर्च ४६ करोड ९३ लाख र ह्रासकट्टी खर्च २८ करोड ५६ लाख रुपैयाँ रहेको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ कायम छ ।सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ २ पैसा कायम भएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन