विद्युतीय चार्जिङ स्टेसनमार्फत प्रदूषण नियन्त्रणसँगै रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ


काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनले प्रदूषण नियन्त्रणसँगै युवालाई रोजगारी दिने अवसर सिर्जना गर्ने बताएका छन् ।
काठमाडौंको सामाखुसीमा चेन्ज डिजिटलले सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले त्यस्ता स्थान वरपर होटल, रेष्टुरेन्ट, कफीसप सञ्चालन गर्न सकिने र त्यसबाट रोजगारी सिर्जना हुने बताए ।
उनले नेपालमा उत्पादित जलविद्युत् खपत बढाएर पेट्रोलियम पदार्थको आयात घटाउन सकिने उल्लेख गर्दै विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्ने र हरित अर्थतन्त्रतर्फ लैजान सकिने स्पष्ट पारे ।
सरकारले सन् २०३० सम्ममा निजी सवारीको ९० प्रतिशत र सार्वजनिक सवारीको ७० प्रतिशत विद्युतीय बनाउने लक्ष्य राखेको छ। सन् २०३५ मा क्रमशः ९५ र ९० प्रतिशत पुर्याउने योजना छ ।
हाल नेपाल विद्युत प्राधिकरणले देशभर ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ भने निजी क्षेत्रका करिब ८०० स्टेसन सञ्चालनमा छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पनि दिगो ऊर्जा च्यालेञ्ज फण्डमार्फत १८ कम्पनीसँग ४५ आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन स्थापना गर्न सहयोग पुर्याएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन