नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै


काठमाडौं– शशिला मोटर्सले भेन्चे ब्रान्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल भित्र्याउने भएको छ। एकपटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने बसको बुकिङ खुल्ला गरिसकेको हो।
बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले जनाएकाे छ।
गाडीमा १ सय २३ किलोवाट आवरको ब्याट्री जडान छ। फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा सञ्चालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन्। १ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ । हाल प्रिबुकिङ गर्नेले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सोभन्दा केही बढ्ने कम्पनीले जनाएको छ। दशैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ्ग भने अहिलेदेखि नै खुला भएको छ । बसको मुल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सो भन्दा केही बढ्ने कम्पनीले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता