देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना


काठमाडौं : देशभर आज कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नपर्ने भएकाले अधिकांश भूभागमा मौसम सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। अन्य प्रदेशमा भने वर्षाको पूर्वानुमान गरिएको छैन।
त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। हावापानी अनुकूल भएकाले आज हवाई तथा सडक यातायातमा असर नपर्ने अनुमान गरिएको छ। विभागले दैनिक गतिविधि र यात्रा सहज हुने उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना