ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणकाे कर्मचारीको मृत्यु


कपिलवस्तु–कपिलवस्तुको यशोधरा गाउँपालिका ६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ। सोमबार साढे ८ बजेतिर उनको मृत्यु भएको हो।
नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा २ गणेशपुरका ३२ वर्षीय हरिस चन्द्र मिश्राको मृत्यु भएको हो।
प्रहरी अनुसार सोमबार हावाहुरी सङै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा बिद्युत अवरुद्ध बनेको थियो। त्यही ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।
मृतकको शवलाई पोस्टमार्टम लागि कपिलवस्तु ल्याइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीलेले जनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन