विद्युत् प्राधिकरण कर्मचारी संघमा राजीनामा दिनेको लर्काे, व्यवस्थापनसँग अनुचित सहकार्य गरेको आरोप

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका विभिन्न पदाधिकारी तथा सदस्यहरु गरी ३६ जनाले सामूहिक राजीनामा दिएका छन् ।
उनीहरुले एउटा व्यक्तिको तानाशाही शैलीमा ट्रेड युनियन मूल्य मान्यतालाई बिर्सेर ट्रेड युनियन अधिारलाई लामो अवधिसम्म व्यक्तिगत हितमा उपयोग गरिरहने, कर्मचारी हकहित बिर्सेर आन्तरिक गुट बनाई केही व्यक्तिगत फाइदा लिने आरोप राजीनामा पत्रमा लगाएका छन् ।
संघभित्र नियोजित समूह बनाई महाधिवेशनमा योग्य र ट्रेड युनियन गतिविधिमा सक्षम साथीहरुलाई पाखा लगाइरहने, व्यवस्थापनसँग अनुचित सहकार्य गरी सामूहिक सौदाबाजीका मुद्दामा समेत आफुनो फाइदाको बार्गेनिङ गर्ने, कर्मचारीका आर्थिक लगायत अलपकालीन तथा दीर्घकालीनमा विषयमा खासै चासो नदिने उनीहरुको आरोप छ ।
यसैगरी उचित सरुवा व्यवस्थापन, ज्यालादारी समस्या लगायतमा मतलब नराख्ने तथा उन्नत र सिर्जनशील विचार राख्ने आफ्नै साथीहरुलाई कारबाही गरिहाल्ने प्रवृत्ति र वतृमान कमृचारी संघको नेतृत्वले समेत विकृतिलाई निरन्तरता दिने अवस्था देखिएको भन्दै विगतमा उक्त संघको विभिन्न पदमा रहिसकेका उनीहरुले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन ।
राजीनामा दिनेहरु
इन्द्रप्रसाद न्यौपाने, गजेन्द्रसिंह थापा, महेश्वर दत्त पनेरु, पुष्पराज भट्टराई, मनोहरी बस्नेत, गौरीनाथ श्रेष्ठ, देवराज घिमिरे, संगीता अधिकारी, सन्तोष गौतम, निलप्रसाद बसौला, नारायण गौतम, सन्जीव बर्ताैला छन् ।
यसैगरी सुरेन्द्रकुमार केसी, पवन विश्व बर्मा, सन्तोष न्यौपाने, राजेश पन्थी, शेरबहादुर खड्का, दुर्गाप्साद पोखरेल, चन्द्रकला निरौला, भगवती मुडभरी, प्रेम प्रकाश श्रेष्ठ र चुतुर्भुज गौतमले पनि राजीनामा दिएका छन् ।
राजीनामा दिने अन्य सदस्यहरुमा रामकृष्ण चपाईं, लेखनाथ पाण्डे, शिवराम धिमाल, चेतराज भट्ट, कर्णबहादुर बोहरा, सहदेव थापा, टेकबादर ठकुरी विष्णु पाठक, रोहित बोहरा, वीर व नेगी, करुणकर जोशी, भुवन साहु, भोजराज पाठक र तीर्थ शर्मा छन् ।
यसअघि महिला उपाध्यक्ष संगीताकुमारी झाले पनि राजीनामा दिएकी थिइन् ।


लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्