विद्युत् जडित क्षमता ३१४१ मेगावाट पुग्यो, बिजुलीकाे अधिकतम् माग २०५० मेगावाट


काठमाडौं– नेपालको विद्युत् जडित क्षमता ३१४१ मेगावाट पुगेको छ । वैशाख अन्तिमसम्मको तथ्यांक अनुसार विद्युत् जडित क्षमता ३१४१ पुगेको हो । जसमा निजी क्षेत्रबाट उत्पादित १८९० मेगावाट, नेपाल विद्युत् प्राधिकरणको ५८३ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको ४९३ मेगावाट, सौर्य ऊर्जा ११६ मेगावाट, प्राधिकरणको थर्मल प्लान्ट ५३ मेगावाट र बगास ६ मेगावाट गरी ३१४१ मेगावाट पुगेको प्राधिकरणका उप–कार्यकारी निर्देशक मदन तिम्सिनाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । ।
सुख्यायाम बढेसँगै विद्युत् माग अधिकतम् २०५० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । हाल उत्पादन औषतमा १६०० मेगावाट पुगेको र यसको व्यवस्थापनको लागि कालीगण्डकी ए, मर्स्याङ्दी, माथिल्लो त्रिशूली ३ए, मोदी लगायत आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिएको प्राधिकरण जनाएको छ । जलाशययुक्त आयोजनाको रुपमा रहेको कुलेखानी अधिकतम् उपयोग गर्दा जल सतह घटेर १४९२ मिटरमा झरेको छ । फागुन–चैतको अति सुख्खायाममा माथिल्लो तामाकोसीले जडित क्षमताको १० देखि १५ प्रतिशत मात्र उत्पादन भएको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन