विद्युत् उत्पादन कम्पनीका सीइओ बखतबहादुर शाहीले राजीनामा दिए


काठमाडौं : विद्युत् उत्पादन कम्पनी (भीयूसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) बखतबहादुर शाहीले राजीनामा दिएका छन् ।
कम्पनीका अध्यक्ष एवं ऊर्जा सचिव चिरञ्जीवी चटौत समक्ष शाहीले गत शुक्रबार राजीनामा दिएका हुन् ।
शाहीले आफ्नो स्वास्थ्यका कारण काम गर्न अप्ठेरो परेको बताए । ‘चिकित्सकले मलाई तनावरहित भई आराम गर्न भनेकाले मैले स्वास्थ्यकै कारण केही समय विश्राम लिउँ भन्ने निधो गरें,’ शाहीले जलसरोकारसित भने ।
निजी क्षेत्रका करिब एक दर्जन जलविद्युत् आयोजनाहरुका प्रमुख भूमिका निर्वाह गरी सम्पन्न गरेका शाही २०८० साउन १८ गते खुला प्रतिस्पर्धामार्फत प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन