ट्रंक लाइनको बक्यौताधारी गोल्यान समूहको कार्यक्रम ऊर्जामन्त्रीद्वारा बहिष्कार


काठमाडौं : ऊर्जामन्त्री दीपक खड्काले ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेर पनि बक्यौता नतिर्ने व्यापारी गोल्यान समूहको कार्यक्रम हिजो बहिष्कार गरेका छन् ।
भारतको प्रोजिल ग्रीन इनर्जी लिमिटेड र नेपालको गोल्यान पावर लिमिटेडबीच सौर्य ऊर्जा उत्पादनसम्बन्धी सहकार्य कार्यक्रमको हिजो औपचारिक उद्घाटन गरिएको थियो । गोल्यान समूहले एक राष्ट्रिय दैनिकमा ऊर्जा मन्त्री खड्काको फोटोसमेत छापेर कार्यक्रम सुरु गर्ने झ्याली पिटाएको थियो ।
तर मन्त्री खडुकाले सुजबुझपूर्ण तवरबाट बक्यौता नतिरी विवादमा परेको गोल्यान समूहले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि बन्न अस्वीकार गरे । मन्त्री खड्का कार्यक्रममै उपस्थित भएनन् ।
गोल्यानका रिलायन्स स्पिनिङ मिल्सले लोडसेडिङका बेला उद्योग चलाएबापत नेपाल विद्युत् प्राधिकरणलाई ७५ करोड ३६ लाख रुपैयाँ अझसम्म बुझाएको छैन । प्राधिकरणले उक्त मिल्ससहित बक्यौता नतिर्ने मुख्य ६ वटा उयोगहरुको लाइन पटक–पटक काटिसकेको छ ।
पछिल्लोपटक विद्युत् नियमन आयोगसमेत बक्यौताधारी उद्योगको पक्षमा उभिएर लाइन नकाट्न अवैध निर्देशन दिएको छ । आयोगको उक्त निर्देशन कहिलेसम्म कायम रहने हो भन्नेचाहिं अन्यौल छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख