कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जामन्त्री घिसिङबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण

जलसरोकार
सोमबार, असोज ०६, २०८२ | १६:५०:३५ बजे

 

सिन्धुपाल्चोक: ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सिन्धुपाल्चोकमा निर्माण सम्पन्न भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् ।

आयोजनाले व्यावसायिक उत्पादनअघि आवश्यक ७२ घण्टे परीक्षण उत्पादनको दोस्रो दिन सोमबार १०२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरेको छ ।

चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक रहँदा मन्त्री घिसिङकै नेतृत्वमा आयोजनाको विस्तृत अध्ययन, विद्युत खरिद–बिक्री सम्झौता, वित्तीय व्यवस्थापन तथा ठेक्का सम्झौता सम्पन्न भई निर्माण चरणमा पुगेको थियो ।

जुरेको पहिरो, भूकम्प, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को महामारी तथा स्थानीय अवरोधलगायत कारणले निर्माण कार्यमा ढिलाइ भए पनि आयोजनाले अहिले पूर्ण क्षमतामा परीक्षण उत्पादन गरिरहेको छ ।

 

प्रकाशित मिति : सोमबार, असोज ०६, २०८२ | १६:५०:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया