ऊर्जामन्त्री घिसिङ जेनजी आन्दोलनका शहीद विनोद महर्जनको घर पुगेर दिए श्रद्धाञ्जली


काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मंगलबार मन्त्री घिसिङ ललितपुर महानगरपालिका–सुन्धारास्थित महर्जनको घर पुगेका थिए । उक्त अवसरमा उनले शहीद महर्जनको परिवारजनसँग भेट गरी गहिरो समवेदना व्यक्त गरेका हुन् ।
मन्त्री घिसिङले जेनजी आन्दोलनका क्रममा जीवन आहुति दिने सबै शहीदहरूको बलिदानलाई राष्ट्रले सधैं सम्झिने उल्लेख गर्दै न्याय, शान्ति र लोकतन्त्रका लागि गरिएको योगदानलाई उच्च सम्मानका साथ कदर गर्नुपर्ने बताए ।
शहीद विनोद महर्जनको घरमा पुगेको मन्त्रीस्तरीय उपस्थितिले आन्दोलनका परिवारजनलाई थप हौसला र दृढता प्रदान गरेको स्थानीयले बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन