बक्यौता नउठाउने ऊर्जा मन्त्री खड्काका सबै खेल समाप्त
ट्रंक तथा डेडिकेटेड बक्यौता अब ५६ किस्तामा तिर्न पाइने


काठमाडौं: नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता ५६ किस्तामा तिर्न दिन पाउने निर्णय गरेको छ ।यसबाट बक्यौता उठाउन अवरोध गर्दै आएका ऊर्जा मन्त्री दीपक खड्काका सबै प्रकाकार खेल अब समाप्त भएका छन् ।
आज बसेको प्राधिकरणको सञ्चालक समितिले साविकको २८ किस्तालाई दोब्बर तुल्याएर सुविधा दिने निर्णय गरेको एक सञ्चालकले जलसरोकारलाई बताए ।
यसका लागि महसुल संकलन विनियमावली संशोधन गरिने भएको छ ।
आजै विद्युत् नियमन आयोगले २०७२ माघ देखि २०७५ वैशाखसम्मको डेडिकेटेड बक्यौता सुविधाजनक किस्ताबन्दीमा तिर्न पाउने व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।
ऊर्जा मन्त्रीले मौखिक निर्देशन दिंदादिंदै पनि प्राधिकरणले बक्यौता नतिर्नेको लाइन गत कात्तिक ८ गतेदेखि काटेको थियो । हालसम्म १४ वटा उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न सुरु गरेर काटिएको लाइन धमाधम जोड्न लागेको छ ।
हिजोको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले बक्यौताको विषय विद्युत नियमन आयोग र ऊर्जा मन्त्रालयको भएको बताएर हस्तक्षेप नगर्ने नीति लिएका थिए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
तिर्न थाले उद्योगले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता
-
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको गुरुयोजना स्वीकृत, १० अर्ब रुपैयाँको अनुमान
-
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
-
एकैदिन सुनको भाउ ७ हजार १ सय रुपैयाँले बढ्यो
-
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
-
काम नगर्ने ठेकेदारमाथि कारबाही सुरु, १७ ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढ्यो