ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेशन निरीक्षण


काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषास्थित ढल्केवर सबस्टेशनको निरीक्षण गरेका छन् । देशकै सबैभन्दा ठूलो अन्तरदेशीय प्रसारण लाइन रहेको उक्त सबस्टेशनको बिहिबार स्थलगत अवलोकन गर्दै मन्त्री खड्काले प्रसारण लाइनको अवस्था र सञ्चालन प्रक्रियाबारे विस्तृत जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई कार्यक्षमता वृद्धि र सुधारका लागि आवश्यक पहल गर्न निर्देशन दिए । उनले विद्युत् आपूर्ति प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउन उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।
सबस्टेशनको अवस्थाबारे जानकारी लिएपछि मन्त्री खड्काले आगामी दिनमा आवश्यक नवीकरण र विस्तारका उपायहरू अपनाउँदै उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गरे ।
निरीक्षण भ्रमणमा नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख मनोज यादव, ढल्केवर ग्रीड सबस्टेशनका प्रमुख सूर्यनारायण मण्डलसहित सम्बन्धित अधिकारीहरूको सहभागिता थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन