जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा ऊर्जामन्त्री खड्का


बारा,: ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको आज स्थलगत निरीक्षण गरेका छन् । गढीमाई मन्दिरमा दर्शनका लागि बारा आइपुग्नुभएका सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोजनाको निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री खड्काले पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका तथा छिमेकी जिल्ला रौतहटको सिँचाइ समस्या समाधानका लागि आदर्श कोतवाल गाउँपालिका–८ ददरङ्गवास्थित सिँचाइ आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिँदै कामको थालनीका लागि आवश्यक सहयोग गर्ने बताए ।
सिँचाइबाट बारा र रौतहटका नौ हजार पाँच सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य लिएको पर्साको वीरगञ्जस्थित नारायणी सिँचाइ कार्यालयले जनाएको छ । विसं २०७२ माघदेखि आयोजनाको काम सुरू भएको थियो । रू २२ करोड ४० लाख ५१ हजार एक सय ४५ लागतमा निर्माण सुरू भएको हो ।
जमुनी सिँचाइ आयोजनामा कुल लागत रू एक अर्ब छ । जसमा रू ७० करोड बराबरको काम सम्पन्न भइसकेको र रू ३० करोड काम बाँकी छ । अर्थ मन्त्रालयबाट रकमको स्रोत सहमति हुनेबित्तिकै बोलपत्र प्रक्रिया हुनेछ र बाँकी कामलाई बोलपत्रमार्फत तुरून्तै सुरू गर्ने मन्त्री खड्काले बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख