उर्जामन्त्री खड्काले भारतीय समकक्षी खट्टरलाई गरे स्वागत


काठमाडौँ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतका समकक्षी मनोहरलाल खट्टरलाई स्वागत गरेका छन् ।
उर्जामन्त्री खड्काको निमन्त्रणामा आज विहान काठमाडौँ आइपुगेका भारतीय मन्त्री खट्टरलाई मन्त्री खड्काले त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको विशिष्ट कक्षमा स्वागत गरेका हसन् ।
स्वागतपछि उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरसहितको टोली भारतीय लगानीमा संखुवासभाको अरुण नदीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्न संखुवासभा प्रस्थान गरेका छन् ।
संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुन लागेको उक्त आयोजना ९०० मेगावाटको रहेको छ । उक्त आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी विस २०७५ वैशाखमा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
भारतीय विद्युतमन्त्री खट्टर आज साँझ काठमाडौँमा हुन लागेको दुई देशको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनको सम्झौतापत्र हस्ताक्षर समारोहमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए ।
भारतका विद्युतमन्त्री खट्टरले भोलि विहान मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ भने मुक्तिनाथबाट काठमाडौँ फर्केलगत्तै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम समेत रहेको प्रवक्ता देवले बताए ।
पशुपति दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँ भोलि साँझ नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव