सेयर बजार घट्दा पनि कारोबार रकम उल्लेख्य बढ्यो


काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । उक्त अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भयो ।
९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो । आज होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह २.१४ प्रतिशत बढ्यो । होटलका अलवा हाइड्रोपावर समूह ०.२२ र फाइनान्स ०.८९ प्रतिशत बढे ।
बैंकिङ ०.६२, विकास बैंक १.००, लगानी ०.४१, जीवन बीमा ०.५१, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.४८, अन्य ०.२९ तथा व्यापार १.०९ प्रतिशत घटे ।
पियोर इनर्जीको मूल्य १० प्रतिशत घट्यो । चन्द्रागिरि हिल्सको ६.७८, रसुवागढी हाइड्रोपावरको ५.९९, तेह्रथुम पावरको ६.१७, नेपाल फाइनान्सको ४.९७ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको मूल्य ९.९ प्रतिशत घट्यो । रिभर फल्स पावरको ६.९७, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५८, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.०१ तथा ग्रिन डेभलपमेन्ट बैंकको ४.७० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, राधि विद्युत्, युनिभर्सल पावर र बुटवल पावर छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन