जडिबुटी क्षेत्रमा खानेपानीको चरम अभाव, स्थानीय प्रदर्शन उत्रिए


जडिबुटी क्षेत्रमा खानेपानीको चरम अभाव, स्थानीय प्रदर्शन उत्रिए
काठमाडौँ– खानेपानीको चरम अभाव भएको भन्दै खानेपानी व्यवस्थापन संघर्ष समितिले काठमाडौँको जडिबुटी क्षेत्रमा प्रदर्शन गरेको छ ।
खहरे–जडिबुटी क्षेत्रमा खानेपानीको चरम अभाव भएकाले तत्काल खानेपानीको पाइप लाइन बिछ्याइ खानेपानीको व्यवस्था गर्नुपर्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
खानेपानीको पाइप राख्ने आश्वासन लामो समयदेखि पाएपछि अझैसम्म पाइप समेत बिछ्याउने काम नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।
उनीहरूले आगामी वैशाख १५ गतेभित्र पाइप बिछ्याएर खानेपानी उपलब्ध गराउन माग गरेका छन् । संविधानमा स्वच्छ खानेपानीको अधिकार रहे पनि त्यसलाई सरकारले बेवास्ता गर्दै आफूहरूलाई खानेपानीबाट वञ्चित गराएको उनीहरूको गुनासो छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन