पूर्वसचिवहरू कार्की, तिवारी र भेटुवाल रास्वपाको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा विज्ञ सल्लाहकारमा मनोनित


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीृ (रास्वपा) ले नेपाल सरकारका पूर्व सचिवहरू ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागमा विज्ञ सल्लाहकारका रूपमा मनोनयन गरेको छ ।
तीनैजना पूर्वसचिवहरू दीर्घकालीन प्रशासनिक तथा प्राविधिक अनुभव बोकेका व्यक्तित्व हुन्। उनीहरुलाई स्वतन्त्र हैसियतमा पार्टीको विभागलाई आवश्यक परामर्श तथा नीतिगत मार्गनिर्देशन दिनका लागि मनोनयन गरिएको विभागका प्रमुख ई श्रीराम न्यौपानले जानकारी दिए ।
ई. देवेन्द्र कार्की पूर्व प्रमुख सचिवसमेत रहिसकेका अनुभवी प्रशासक हुन् । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका देशको पूर्वाधार क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
त्यसैगरी ई. सुशील चन्द्र तिवारी पनि जल तथा ऊर्जा आयोग सचिवालय तथा विभिन्न पूर्वाधार मन्त्रालयहरूमा उच्च पदमा रही कार्यानुभव हासिल गरेका छन् । उनी विकास निर्माण, योजना तथा नीति तर्जुमामा विशेष रुचि राख्ने विज्ञका रूपमा चिनिन्छन् ।
अर्का ई. मधु भेटुवाल पूर्व सचिव तथा ऊर्जा तथा जलस्रोत नीतिका विज्ञ हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ऊर्जा नीतिसम्बन्धी कार्यक्रमहरूमा सक्रिय योगदान दिएका छन् । तीनैजना अनुभवी व्यक्तित्वको संलग्नताले विभागलाई नीतिगत स्पष्टता, दीर्घकालीन रणनीति निर्माण तथा सरोकारवाला निकायसँग समन्वयमा सकारात्मक प्रभाव पार्ने विश्वास विभागका प्रमुख न्यौपानले व्यक्त गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन