सिँचाइका लागि निःशुल्क विद्युत् आपूर्ति


रुपन्देही,: रुपन्देहीको कोटहीमाई गाउँपालिकाले कृषि विकासका लागि विद्युत् निःशुल्क दिने योजना अघि बढाएको छ । यस योजनाअन्तर्गत गाउँपालिका भित्रका किसानलाई कृषि प्रयोजनका लागि निःशुल्क विद्युत् आपूर्ति गर्ने भएको हो ।
कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीका अनुसार, पहिलो चरणमा वडा नं १, २ र ३ मा तार तथा खम्बा व्यवस्थापन गर्ने कार्य सुरु गरिएको छ । किसानलाई सिँचाइका लागि निःशुल्क विद्युत् उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ छ ।
“यसबाट उत्पादन लागत घट्ने र उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ”, अध्यक्ष त्रिपाठीले भने, “सिँचाइमा खपत हुने विद्युत् गाउँपालिकाबाट निःशुल्क उपलब्ध गराउँदा किसानको मनोबल बढ्नेछ र खेतीपातीमा धेरै सुधार हुनेछ ।” मर्चवार क्षेत्रमा सिँचाइ अभावले उत्पादनमा कमी आएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा विद्युत् उपलब्ध गराउने कार्य सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन