सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि कोष स्थापना, सहयोगको लागि आह्वान


काठमाडौं, : भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा राष्ट्रका भौतिक संरचनामा भएको आगजनी र तोडफोडका कारण ठूलो धनजन क्षति भएको सरकारले जनाएको छ। यस किसिमका क्षतिको आकलन र पुनर्निर्माण गर्ने उद्देश्यले सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार गठित समितिको अध्यक्षता अर्थमन्त्रीले गर्नेछन्। समितिमा गृहमन्त्री, शहरी विकास मन्त्री तथा नेपाल सरकारका मुख्य सचिव सदस्य रहनेछन् भने शहरी विकास मन्त्रालयका सचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।
समितिले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण कार्ययोजना तर्जुमा तथा स्वीकृत गर्ने, कोषबाट खर्च हुने कार्यक्रम स्वीकृत गर्ने र त्यसको नियमित अनुगमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी पाउनेछ। सचिवालय शहरी विकास मन्त्रालयमै रहनेछ भने कर्मचारी व्यवस्थापनको व्यवस्था पनि गरिएको छ।
यसै क्रममा अर्थ मन्त्रालयले असोज ८ गते प्रेस विज्ञप्ति जारी गर्दै ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना भएको जानकारी गराएको छ। आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि उक्त कोषमार्फत कार्य अघि बढाइने मन्त्रालयले जनाएको छ।
नेपाल सरकार, भौतिक पूर्वाधार पुनर्निर्माण समितिले विश्व समुदायलाई समेत ‘Call for Global Support: Urgent Appeal for the Restoration and Reconstruction of Nepal's Public Assets’ शीर्षकमा आह्वान गरेको छ। यसमार्फत सरकार, प्रदेश तथा स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुलाई योगदानका लागि आग्रह गरिएको छ।
मन्त्री कुलमान घिसिङले यस कठिन परिस्थितिमा समाजमा स्थायित्व कायम गर्न, शान्ति सुरक्षा सुदृढ गर्न र आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले राष्ट्र निर्माणको यस महान् अभियानमा सबैको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।
सरकारले कोषमा जम्मा हुने सम्पूर्ण रकम पारदर्शी रुपमा खर्च गरिने प्रतिवद्धता पनि जनाएको छ।
यस्तै, मन्त्री घिसिङले आउँदो बडादसैँ, तिहार, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना समेत व्यक्त गर्नुभएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन