ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच रेमिटेन्स् सम्झौता


काठमाडौं, : ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ ।
सम्झौता अनुसार विदेशमा रहेका नेपालीले ग्लोबल आईएमई बैंक लगायत अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खाताबाट आफन्तलाई सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन् ।
युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ ।
यसरी यूएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आईएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू वा नेपालभरी रहेको आईएमई लिमिटेडको ५० हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन