सुन–चाँदीको मूल्य फेरि उचालिँदै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं: नेपालमा सुन–चाँदीको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । मंगलबार सुनको मूल्य तोलामा रु १ हजार ९ सयले बढ्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार मंगलबार छापावाल सुन प्रतितोला रु २ लाख १७ हजार १ सय पुगेको हो ।
यसअघि सोमबार सुन तोलामा रु २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । गत शुक्रबार हालसम्मकै उच्च मूल्य रु २ लाख १५ हजार ८ सय पुगेको थियो, जुन मंगलबार फेरि तोडिएको हो ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रु २० ले वृद्धि भई मंगलबार चाँदी तोलामा रु २ हजार ५९५ मा पुगेको छ ।
सुनको मूल्य उच्च हुँदा नेपालमा गहना व्यवसाय प्रभावित हुने देखिन्छ । दैनिक कारोबारमा गिरावट आउनुका साथै उपभोक्ता खरिद क्षमतामा पनि असर पर्छ । तर, विदेशमा काम गर्ने नेपालीहरूले पठाउने रेमिट्यान्स सुरक्षित रूपमा सुनमा लगानी गर्ने सम्भावना भने बढ्छ ।
चाँदीतर्फ पनि औद्योगिक प्रयोगसँगै गहनामा प्रयोग बढेकाले मूल्य स्थिर रहन सकेको छैन । मूल्यवृद्धिले औद्योगिक उत्पादनमा पनि लागत बढाउने अनुमान गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन