सुनको भाउ प्रतितोला २ लाख नाघ्यो


काठमाडौं: नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । तीन साताअघि मात्र बनेको रेकर्ड तोड्दै शुक्रबार सुन हालसम्मकै महँगो बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा मात्र १२ सय रुपैयाँले मूल्य बढेको छ ।
साउन २३ गते प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको सुन, छोटो समयमै नयाँ उच्च मूल्यमा पुगेको हो ।
त्यस्तै, चाँदी पनि सामान्य वृद्धि हुँदै प्रतितोला २३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विशेषज्ञहरूले अन्तर्राष्ट्रिय बजारमा भएको अस्थिरतासँगै सुनको मूल्यमा चाँडै उतारचढाव देखिएको बताएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन