हालसम्मकै उच्च मूल्यमा सुन, प्रतितोला रु २ लाख ५ हजार ९०० पुग्यो


काठमाडौं: अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै यसको असर नेपाली बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु २ लाख ५ हजार ९०० कायम भएको छ, जुन हालसम्मकै उच्च हो ।
सोमबार प्रतितोला रु २ लाख ५ हजार ३०० मा कारोबार भएको सुन आज प्रतितोला रु ६०० ले वृद्धि भएको हो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५ बढेर रु २ हजार ४८५ पुगेको छ ।
महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा मूल्य वृद्धि उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा देखिएको अस्थिरताका कारण हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔंस ३,४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन