सुनको मूल्य इतिहासमै उच्च : प्रतितोला २ लाख १७ हजार ८००


काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला रू २ लाख १७ हजार ८०० मा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला रू २ लाख १७ हजार १०० मा कारोबार भएको सुन आज रू ७ सयले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर देखिएको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला रू २ हजार ६५० मा खरिद–बिक्री हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस करिब ३ हजार ६९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायी महासङ्घले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन