फेरि उच्च मूल्यमा पुग्यो सुनको मूल्य


काठमाडौं: नेपाली बजारमा सुनको मूल्य फेरि इतिहासकै उच्च स्तरमा पुगेको छ । बिहीबार प्रतितोला ४ सय रुपैयाँले बढेर सुन १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यसअघि साउन २३ गते पनि यस्तै मूल्य कायम भएको थियो । चाँदी पनि उकालो लाग्दै प्रतितोला २ हजार ३५५ रुपैयाँमा पुगेको छ ।
चाँदी पनि आज १० रुपैयाँ बढेर २ हजार ३५५ रुपैयाँ पुगेको छ । यसअघि २ हजार ३६० रुपैयाँमा पुगेको चाँदी पनि अन्तर्राष्ट्रिय बजारसँगै उतारचढावमा छ ।
चाँदी औद्योगिक उत्पादनसँग पनि जोडिएको हुनाले यसको मूल्यमा तेल, इलेक्ट्रोनिक्स तथा उद्योगसम्बन्धी कच्चा पदार्थको मूल्यको असर पर्छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन