सुनको मूल्यमा नयाँ रेकर्ड, सुन २ लाख ५ हजार नाघ्यो


काठमाडौं ः प्रतितोला २ लाख नाघेपछि सुनको मूल्य दैनिक नयाँ रेकर्ड तोड्दै गएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सयमा पुगेको थियो । यी दुवै दिन लगातार नयाँ उचाइ बनाएको सुन सोमबार फेरि २ हजार बढेर प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी सोमबार बढेर २४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन