सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढ्यो


काठमाडौं: मंगलबार सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यो मूल्य १ लाख ९७ हजार २ सय रुपैयाँ मात्र थियो।
यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च स्तर १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ।
त्यस्तै, चाँदीको भाउ निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ। मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यसको मूल्य २ हजार ३५५ रुपैयाँ थियो। यो अहिलेसम्मकै उच्च मूल्य हो।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन