सुनको मूल्यमा रु ३ हजार र चाँदीमा रु ४० को वृद्धि


काठमाडौ: नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ३ हजार र चाँदी तोलामा रु ४० ले महँगो भएको हो ।
शुक्रबार तोलाको रु २ लाख ३५ हजारमा कारोबार भएको छापावाल सुन आज रु ३ हजारले बढेर रु २ लाख ३८ हजारमा पुगेको महासङ्घले जनाएको छ । त्यस्तै, शुक्रबार तोलाको रु ३ हजार ८५ मा कारोबार भएको चाँदी आज बढेर रु ३ हजार १२५ मा पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुनको मूल्य चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
व्यवसायीहरूका अनुसार पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नु र अमेरिकी डलर कमजोर हुनुजस्ता कारणले मूल्य वृद्धि भएको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन