सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९००


काठमाडौं: अन्तरराष्ट्रिय बजारमा भएको वृद्धिसँगै स्थानीय बजारमा पनि सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ ।
मंगलबार प्रतितोला रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु दुई हजारले बढेको हो । यससँगै सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन