प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौं,: नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार १ लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको हो ।
सुनको मूल्य आइतबार एकैदिन प्रतितोला २ हजार २ सयले घटेको थियो । सोमबार ४ सयले वृद्धि हुँदा आज २ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने आइतबारदेखि नै स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदीको मूल्य त्यसपछि १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन