रेकर्ड मूल्यपछि सुनमा १ हजार रुपैयाँ र चाँदीमा ४५ रुपैयाँ घट्यो


काठमाडौं : अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला २ हजार ५९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर २ हजार ५५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतार–चढावसँगै भौगोलिक तथा आर्थिक अनिश्चितताले नेपाली बजारमा समेत सुन–चाँदीको दरमा प्रत्यक्ष असर पर्ने देखिएको व्यवसायीहरूको भनाइ छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन