सुनको मूल्य इतिहासकै उच्च विन्दुमा, मंगलबार २३ सय रुपैयाँले वृद्धि


काठमाडौं: मंगलबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो । लगातारको वृद्धि क्रमसँगै सुनको मूल्यले नयाँ रेकर्ड तोडेको महासङ्घले जनाएको छ ।
यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि अघिल्लो दिनकै दरमा प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदी खरिद–बिक्री भइरहेको छ। यो मूल्य पनि हालसम्मकै उच्च स्तरमा रहेको बताइन्छ।
विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएको र डलरको दरमा आएको अस्थिरताका कारण स्थानीय बजारमा पनि सुनको मूल्य निरन्तर बढेको बताएका छन्।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन