सुनको भाउ फेरि रेकर्ड नजिक


काठमाडौं: बुधबार सुनको भाउ फेरि रेकर्ड नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले बढेको हो ।
मंगलबार सुनको मूल्य १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको थियो । तीन साता नपुग्दै सुनको भाउ पुनः सो रेकर्ड नजिक पुगेको हो ।
यता, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन २३६० रुपैयाँ प्रतितोला रहेको चाँदी आज १५ रुपैयाँ घट्दै २३४५ रुपैयाँमा झरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन