चार दिनमै सुन ४ हजारले बढ्यो, चाँदी पनि महँगियो


काठमाडौं: आइतबार सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसले १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार गरेको थियो ।
चार दिनमै सुनको मूल्य ४ हजारले बढेको छ । भदौ ४ गते प्रतितोला १ लाख ९३ हजार ५ सयमा रहेको सुन अहिले १ लाख ९७ हजार ५ सयमा पुगेको हो ।
यसैगरी, चाँदी पनि प्रतितोला ४० रुपैयाँले बढेर २३५० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन २३१० रुपैयाँमा कारोबार भएको चाँदी चार दिनमै ९५ रुपैयाँले बढेको छ । भदौ ४ गते यसको भाउ २२५५ रुपैयाँ थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन