मौसम खराबीका कारण लामो तथा जोखिमपूर्ण यात्रा नगर्न विभागको आग्रह


काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार आगामी असोज २० गतेसम्म देशका अधिकांश स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढी, पहिरो र भू-क्षयजस्ता विपदजन्य घटना घट्न सक्ने चेतावनी दिइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत राजमार्ग र जोखिमयुक्त स्थानहरूमा यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
यातायात व्यवस्था विभागले जारी गरेको विज्ञप्तिमा अत्यावश्यक अवस्था बाहेक लामो तथा जोखिमपूर्ण यात्रा नगर्न सुझाव दिइएको छ। विशेषगरी काठमाडौं उपत्यकाबाट बाहिरिने तथा उपत्यकामा प्रवेश गर्ने यात्रु र यातायात व्यवसायीलाई रातको समयमा जोखिमपूर्ण सडक मार्गमा यात्रा नगर्न वा नगराउन अनुरोध गरिएको छ।
यात्रा तथा सडक अवस्थाबारे थप जानकारी आवश्यक परेमा नजिकैको प्रहरी चौकी वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन