कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपाल भौगर्भिक समाजमा पद हस्तान्तरण सम्पन्न

जलसरोकार
सोमबार, भदौ १६, २०८२ | १८:२२:३५ बजे

काठमाडौं :  नेपाल भौगर्भिक समाजका सदस्यहरूको विश्वास र समर्थनमा नेतृत्व गरिएको २१औँ कार्यकारी समितिको दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ। 

भाद्र १३ गते आयोजित दुई वार्षिकी सभा तथा पद हस्तान्तरण समारोहमार्फत २१औँ र २२औँ कार्यकारी समितिका पदाधिकारीहरूले पूर्ण रूपमा जिम्मेवारी हस्तान्तरण गरेका छन्।

समाजका अध्यक्ष चूर्णबहादुर ओलीले सो अवसरमा सबै सदस्यहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू र पदाधिकारीहरूलाई साथ, सहयोग र मार्गदर्शनका लागि हार्दिक धन्यवाद व्यक्त गरेका छन्। नयाँ २२औँ कार्यकारी समितिका सबै पदाधिकारीहरूलाई शुभकामना दिँदै उनले पूर्ण सफलताको कामना गरेका छन् । 

अध्यक्ष ओलीले आगामी कार्यकालमा पनि २१औँ समितिका सबै पदाधिकारीहरूले नयाँ समितिलाई निरन्तर साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : सोमबार, भदौ १६, २०८२ | १८:२२:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया