भोटेकोशी–१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ ब्रेक थ्रु, ८० प्रतिशत काम सम्पन्न


काठमाडौं: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ सफलतापूर्वक ‘ब्रेक थ्रु’ भएको छ । सोमबार आयोजना स्थलमै आयोजित विशेष कार्यक्रममा सुरुङ ब्रेक थ्रु घोषणा गरिएको हो ।
करिब १० अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको ४४ मेगावाट क्षमताको आयोजना अन्तर्गत २ हजार छ सय ३८ मिटर लामो सुरुङ पूरा भइसकेको छ । प्रवद्र्धक कम्पनी इलेक्ट्रो पावरका अध्यक्ष मोहनविक्रम कार्कीका अनुसार आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र बाँकी काम एक वर्षभित्रै सक्ने लक्ष्य राखिएको छ।
आयोजनाअन्तर्गत ड्याम र पावर हाउस भोटेकोशी गाउँपालिका–३ र ४ मा निर्माण भइरहेका छन् । समयमै काम अघि बढाएको कारण कार्कीलाई यसअघि विद्युत् विकास विभागले सम्मान समेत गरेको थियो ।
भोटेकोशी–१ बाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। यसले ऊर्जा आपूर्ति सुदृढ गर्नुका साथै स्थानीय रोजगारी र पूर्वाधार विकासमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन